सामसुङ इलेक्ट्रोनिक्सका हजारौँ कामदार हड्तालमा
बुधबार, १६ जेठ २०८१, १४ : १९
काठमाडौँ । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् ।
तलब सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबिचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।
कामदारहरूले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरू सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् ।
‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौँ,’ मजदुर युनियनले भनेको छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण