आईपीएलको रोचक तथ्याङ्क : १ रन बराबर २ करोड ४० लाख रुपैयाँ !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सकिएको छ । आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो । यो सिजन लिग चरणबाटै बाहिरिने टिममध्ये दिल्ली क्यापिटल्स पनि एक हो ।
दिल्लीले लिग चरणमा आफूले खेलेको १४ मध्ये सात खेलमा जित र सात खेलमा हारको नतिजा निकाल्यो । दिल्लीले अंक तालिकाको छैटौँ स्थानमा रहँदै आफ्नो यात्रा टुंग्याएको थियो ।
तर, दिल्ली क्यापिटल्सका एक ब्याट्सम्यान अहिले चर्चाको विषय बनेका छन् । सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ । खासमा दिल्ली क्यापिटल्सले कुमार कुशाग्रबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो ।
त्यसैले दिल्लीले उनलाई ७ करोड २० लाख भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो । तर, उनी दिल्लीको विश्वासमा खरो ओर्लन सकेनन् । उनले लिग चरणमा चारवटा खेल खेले ।
कुमार कुशाग्रले चार खेलमा कुल तीन रनमात्र बनाउन सके । यसको अर्थ दिल्ली क्यापिटल्सले कुमार कुशाग्रको प्रत्येक रनका लागि दुई करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो ।
यसैगरी लखनउ सुपर जाइन्ट्सले देवदत्त पाडिकलका लागि सात करोड ७५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । तर, उनले पनि टोलीका लागि गतिलो प्रदर्शन गर्न सकेनन् । उनले सात खेलमा कुल ३८ रनमात्र बनाउन सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण