देउवाले माधव, उपेन्द्र र महन्थलाई बोलाए बुढानीलकण्ठ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएको रातोपाटीलाई बताए । उनले भने, ‘आज पाँच बजे माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरलाई छलफलका लागि बोलाइएको छ ।’
जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पाँच बजे छलफलका लागि देउवा निवास बुढानीलकण्ठ जाने तयारीमा रहेको बताए । मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण