ओलीले भने– ठगहरूले केही ठुला सहकारी बदनाम र समस्याग्रस्त बनाए
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् । पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् ।
अध्यक्ष ओलीले सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत उनले बताए ।
अध्यक्ष ओलीले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।
उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती सङ्कटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् पनि । ती त्यसका आफ्ना नियमहरू छन् । ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण