महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । बुधबार नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले महिलाहरूले पेसा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । उनले महिलाहरूले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डाहरूमा पनि नेतृत्व लिनुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले लैङ्गिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तीकरणका अभियानहरू महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताइन् । उनले व्यक्तिगत सचेतना वा सशक्तीकरणमा मात्र सीमित नभई महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रूपान्तरणको विषयसँग जोड्नुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले महिलाहरूको जनस्वास्थ्यमा गम्भीर चुनौती देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले महिलाको स्वास्थ्य नराम्रो भएमा परिवारले दुःख पाउनुका साथै देशले नै क्षति व्यहोर्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण