बुधबार दिल्लीको तापक्रम रेकर्ड ५२.९ डिग्री पुगेकै थियो ?
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको तापक्रम ५२.९ डिग्री सेल्सियस पुगेको बुधबार साँझ भारतीय सञ्चारमाध्यमले रिपोर्ट गरेका थिए । यो देशमा रेकर्ड अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको थियो ।
तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च थियो वा थिएन भन्ने विषयमा विज्ञप्ति जारी गर्दै यस तथ्याङ्कको पछाडि सेन्सरको खराबी हुन सक्ने सम्भावना व्यक्त गरेको छ ।
विज्ञप्तिमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुको एउटा कारण सेन्सरको खराबी हुनसक्ने उल्लेख छ । मौसम विभागले सेन्सर र तथ्याङ्क जाँच गरिरहेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्ष २०२२ मा मौसम विभागले स्वचालित मौसम स्टेसनहरू स्थापना गरेको थियो । यी स्टेसनहरू १५ नयाँ स्थानमा स्थापना गरिएको थियो। यसबाहेक ५ वटा विभागीय अब्जरभेटरीहरू छन् । मे २९, २०२४ मा यी अबजरभेटरी र मौसम स्टेसनहरूमा तापमान ४५.२ डिग्रीदेखि ४९.१ डिग्री थियो।’
‘मंगेशपुरमा ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड गर्नु बिलकुलै फरक कुरा हो। सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्त्व पनि हुनसक्छ। मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ,’ विज्ञप्तिमा थप भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण