बुधबार दिल्लीको तापक्रम रेकर्ड ५२.९ डिग्री पुगेकै थियो ?

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको तापक्रम ५२.९ डिग्री सेल्सियस पुगेको बुधबार साँझ भारतीय सञ्चारमाध्यमले रिपोर्ट गरेका थिए । यो देशमा रेकर्ड अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको थियो ।
तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च थियो वा थिएन भन्ने विषयमा विज्ञप्ति जारी गर्दै यस तथ्याङ्कको पछाडि सेन्सरको खराबी हुन सक्ने सम्भावना व्यक्त गरेको छ ।
विज्ञप्तिमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुको एउटा कारण सेन्सरको खराबी हुनसक्ने उल्लेख छ । मौसम विभागले सेन्सर र तथ्याङ्क जाँच गरिरहेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्ष २०२२ मा मौसम विभागले स्वचालित मौसम स्टेसनहरू स्थापना गरेको थियो । यी स्टेसनहरू १५ नयाँ स्थानमा स्थापना गरिएको थियो। यसबाहेक ५ वटा विभागीय अब्जरभेटरीहरू छन् । मे २९, २०२४ मा यी अबजरभेटरी र मौसम स्टेसनहरूमा तापमान ४५.२ डिग्रीदेखि ४९.१ डिग्री थियो।’
‘मंगेशपुरमा ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड गर्नु बिलकुलै फरक कुरा हो। सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्त्व पनि हुनसक्छ। मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ,’ विज्ञप्तिमा थप भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
-
आईपीएलको अंकगणित : हैदराबाद बाहिरिने नजिक, विराटलाई सर्वाधिक रन बनाउने मौका
-
ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि