‘छक्का पञ्जा ५’को नायिकामा वर्षा, आजैदेखि छायाङ्कन
बिहीबार, १७ जेठ २०८१, १० : ५१
काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’मा अभिनेत्री वर्षा सिवाकोटी रहने भएकी छन् । निर्माण युनिटले आज फिल्मको एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री सार्वजनिक गरेको हो । पोस्टरमा वर्षाको अलावा दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि देखिएका छन् ।
पोस्टरमा फिल्मको रिलिज मिति आगामी असोज २४ गते फूलपाती बताइएको छ । फिल्मको छायाङ्कन आजैबाट सुरु हुँदै छ । फिल्मको अन्य कलाकार खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने फिल्मले अर्थ–सामाजिक आयामलाई व्यंग्य गर्ने बताइन्छ ।
काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा ४५ दिन छायाङ्कन सेडुल निर्धारण गरेको फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण