लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए ।
लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ ।
अर्को चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण गर्ने अभियान सञ्चालन हुने बताए । यो अभियान असार मसान्तसम्म चल्ने बताइएको छ ।
‘यो अवधिमा पाँच लाख सदस्यता वितरण गरिसक्नुपर्छ । डेढ महिने अभियान सम्पन्न भएपछि अधिवेशन सुरु हुन्छ’ महासचिव मिश्रले भने ।
२०८२ को वैशाखमा महाधिवेशन गर्ने गरी सङ्गठनको काम अगाडि बढेको उनले बताए । तत्कालीन तमलोपाको प्रथम महाधिवेशन २०७३ मा भएको थियो । त्यसयता महाधिवेशन भएको छैन ।
तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीहरूसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण