माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै पाइने
काठमाडौँ । माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र कक्षा १२ ) सरहको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।
विदेशी बोर्डबाट अध्ययन गरी आएका विद्यार्थीलाई केन्द्रले मान्यता तथा समकक्षताको प्रमाणपत्र प्रदान गर्दै आएको छ । हालसम्म विद्यार्थी स्वयम् उपस्थित भएर प्रमाणपत्र दिनुपर्ने अवस्था थियो । अबदेखि भने केन्द्रले सो प्रमाणपत्र अनलाइन मार्फत नै उपलब्ध गराउन थालेको हो ।
केन्द्रले यसअघि २०७९ पुस १ गतेबाट अनलाइन आवेदन लिन थालेको थियो । प्रमाणपत्र लिन भने शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ । र, विद्यार्थी आफैँले प्रिन्ट गर्न सक्नेछन् ।
केन्द्रको मान्यता तथा समकक्षता शाखाले शुक्रवार औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्रको सुरुवात गरेको हो । शाखा निर्देशक विष्णु ज्ञवालीले विद्यार्थीलाई सहज सेवा दिनको लागि अनलाइन सुविधा दिन थालिएको बताए ।
मान्यता तथा समकक्षताको प्रमाणपत्र विद्यार्थीले आवेदन दिएको ३ देखि ७ दिनभित्र प्राप्त गर्ने ज्ञवालीले बताए । विद्यार्थीले अब घरबाटै उक्त प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
त्यसका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने र आवेदनलाई रुजु गरेपछि त्यसको जानकारी मोबाइलमा एसएमएसमार्फत जानकारी दिइनेछ । र रुजु भइसकेपछि मात्रै त्यसको लागि लाग्ने दस्तुर तिर्नुपर्नेछ । त्यसपछि सक्कल प्रमाणपत्र इमेलमार्फत प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण