अहिलेको समीकरण मिसन–८४ सम्म कायम रहन्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिसन–८४ सम्म कायम राख्ने बताएका छन् । एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलाको बिहीबार समापन गर्दै पोखरेले यस्तो बताएका हुन् ।
‘अहिलेको समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ,’ उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिसन–८४ मा त्यसलाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिसन–८४ सम्म लिएर जान चाहन्छौँ ।’
पोखरेलले एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्यूहलाई तोडेको स्मरण गराए ।
कार्यक्रममामा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलाहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण