अहिलेको समीकरण मिसन–८४ सम्म कायम रहन्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिसन–८४ सम्म कायम राख्ने बताएका छन् । एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलाको बिहीबार समापन गर्दै पोखरेले यस्तो बताएका हुन् ।
‘अहिलेको समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ,’ उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिसन–८४ मा त्यसलाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिसन–८४ सम्म लिएर जान चाहन्छौँ ।’
पोखरेलले एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्यूहलाई तोडेको स्मरण गराए ।
कार्यक्रममामा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलाहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने