‘ज्वाइँ साब’ को छायाङ्कन चित्लाङबाट सुरु
काठमाडौंँ । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’ को छायाङ्कन सुरु भएको छ । फिल्मको शुक्रबार मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।
एक मसहनाको छायाङ्कन सेडुल बनाएको फिल्म चित्लाङमा २० दिन र त्यसपछि सौराहा र इलाममा खिचिनेछ । फिल्मका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पूजा पनि गरे । जीतु नेपालको शीर्ष भूमिका रहने फिल्ममा जीतु र नीतिका अलवा वुद्दि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डीजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।
फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
फिल्म ‘ज्वाइँ साब’ लाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण