मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता
तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ ।
तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दबढी कार्य प्रगति भइसकेको छ ।
“वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएका छौँ”, इञ्जिनियर पाण्डेले भने । कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरुप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको उनले बताए ।
इञ्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीन वटा ठुला पुलको काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ ।
पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडक निर्माण भइरहेको भन्दै हालसम्म २५ प्रतिशत कार्यप्रगति भएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार १५ किमीमा दुई लेनको सडक कालोपत्र भइसकेको छ । राजमार्गअन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्य ११ निर्माण भइरहेका उनको भनाइ छ ।
पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत्का खम्बा हटाइनेछ । हालसम्म राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशत भन्दाबढी पोल हटाएर काम भइरहेको छ”, इञ्जिनियर पौडेलले भने । उनका अनुसार तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेबारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण