भारततर्फ बिजुली निर्यात सुरु भएपछि निजी क्षेत्रको विरोध
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली निर्यात सुरु गरेपछि निजी क्षेत्रले त्यसको विरोध गरेका छन् । प्राधिकरणले वर्षा सुरु भएसँगै रातको समयमा भारततर्फ दैनिक साढे ४०० मेगावाटसम्म बिजुली निर्यात सुरु गरेको जानकारी दिएसँगै निजी क्षेत्रले यसको विरोध सुरु गरेका हुन् ।
नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत् राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित भएका छन् ।
सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएको उल्लेख गरिएको छ ।
‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका थियौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘तर, प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन ।’ जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।
अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्ने समेत उल्लेख गरेको छ ।
स्वदेशी उद्योगमा बिजुली मागे जति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ । साथै, उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्नुपर्ने परिसंघको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण