एमालेको कार्यक्रममा युवाको उपस्थिति कम देखिन थाल्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको कार्यक्रमहरूमा युवाहरूको उपस्थिति कम देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार पार्टीको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले आफूलाई बलियो निर्णायक शक्तिको रूपमा स्थापित गर्न युवाको बिचमा त्यस्तै लोकप्रियता स्थापित गर्न चाहेको बताएका हुन् ।
२०४६ सालपछि तत्कालीन नेकपा मालेका नेताहरूले सार्वजनिक रूपमा भाषण गर्दा दशौँ हजार मानिस भेला हुने गरेको र त्यसमा युवाहरूको सङ्ख्या धेरै रहने गरेको बताउँदै अहिले भने परिस्थिति बदलिएको बताए ।
उनले नेकपा एमालेको कार्यक्रममा अन्य पार्टीहरूको भन्दा धेरै जनताहरू सहभागी भएपनि युवाहरूको उपस्थिति पातलो भएको उल्लेख गरे । उनले भने– ‘नेकपा एमालेका कार्यक्रमहरूमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्दछन्, अरू पार्टीसँग नेकपा एमालेको कुनै तुलना हुँदैन । तर युवाहरूको सङ्ख्या अत्यन्तै मसिनो छ, कमजोर छ । यो प्रवृत्ति बदल्ने कामको नेतृत्व तपाईँहरूको हो । अब आउने मिसन ८४ को चुनावमा परिणामलाई उल्टो बनाइदिनुपर्दछ । सबैभन्दा धेरै युवाको मत एमालेलाई बनाउने कुरामा तपाईँहरू नखटिई सम्भव छैन । त्यसका लागि अहिलेको तरिकाको खटाइले पुग्दैन । तरिका बदल्नुपर्दछ ।’
उनले विदेश गएका युवाहरूलाई पनि युवा सङ्घको आन्दोलन देखेर स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए । अवसरवादका लागि विदेशबाट फर्केका युवाबाट देश नबन्ने बताउँदै म देश बनाउँछु भनेर राजनीतिक प्रतिबद्धता सहित फर्कियो भने मात्रै त्यो युवाले मात्रै देश बनाउन सक्ने टिप्पणी गरे ।
देश बनाउने युवाहरूको नेतृत्व गर्न युवा संघलाई आग्रह गर्दै एमालेको नेतृत्वले त्यही कुराको अपेक्षा गर्ने उल्लेख गरे । नेकपा एमालेलाई बलियो र निर्णायक शक्तिको रूपमा विकास गर्नका लागि युवाहरूको बिचमा सर्वाधिक लोकप्रिय शक्तिका रूपमा र हरेक क्षेत्रमा खोजिने शक्तिका रूपमा राष्ट्रिय युवा संघको निर्माण गर्न र कार्ययोजना बनाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण