कविता
वेदनाका पहाड
शनिबार, १९ जेठ २०८१, १६ : ४६

कहिलेकाहीँ प्रश्न गर्छु ?
ती गर्भाशयका मुहानहरू
आफ्नै रहरका मुस्कानले भरिन्छन् होला कि ?
कुनै अदृश्य चिन्ताका छायाले ?
सायद कतै आकाशवाणी भएको हुन सक्छ
उनीहरूका कानमा ।
ए धर्ती यदि तिमीले
तिम्रो पाठेघरका मलिलो माटोमा
उमार्न सकेनौ भने
कलिला ती भ्रूणहरूलाई
कर्म घरको बगैँचा र श्रीमानको मुटुमा पनि
सजिलै कब्जा जमाउनेछन् ।
कुनै अदृश्य सङ्गीतका रागले ।
सायद त्यही अदृश्य त्रासबाट
मुक्ति पाउने आशामा
रहस्यमयी ती गर्भ थैलीमा
लुकाइरहेछन् आमाहरू
वेदनाका एउटा सिङ्गो पहाड ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुगम पोखरेलको गीत 'यो कथा हो मेरो' सार्वजनिक
-
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय
-
भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री