कविता
वेदनाका पहाड
शनिबार, १९ जेठ २०८१, १६ : ४६
कहिलेकाहीँ प्रश्न गर्छु ?
ती गर्भाशयका मुहानहरू
आफ्नै रहरका मुस्कानले भरिन्छन् होला कि ?
कुनै अदृश्य चिन्ताका छायाले ?
सायद कतै आकाशवाणी भएको हुन सक्छ
उनीहरूका कानमा ।
ए धर्ती यदि तिमीले
तिम्रो पाठेघरका मलिलो माटोमा
उमार्न सकेनौ भने
कलिला ती भ्रूणहरूलाई
कर्म घरको बगैँचा र श्रीमानको मुटुमा पनि
सजिलै कब्जा जमाउनेछन् ।
कुनै अदृश्य सङ्गीतका रागले ।
सायद त्यही अदृश्य त्रासबाट
मुक्ति पाउने आशामा
रहस्यमयी ती गर्भ थैलीमा
लुकाइरहेछन् आमाहरू
वेदनाका एउटा सिङ्गो पहाड ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण