‘सन्दीपलाई भिसा नदिँदा झन्डा हल्लाएर हिँड्न प्रधानमन्त्री र मन्त्रीलाई लाज लाग्दैन ?’ : ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयामा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘पराराष्ट्रनीति पार्टीको पञ्चशीलको आधारमा बनाएको हो कि पार्टीको कार्यकर्ताको घोषणापत्रको आधारमा बनाएको हो ? पञ्चशीलताका आधारमा नेपाल र अमेरिकाको कुटनीतिक सम्बन्ध भएको ७६ वर्ष भएको छ । पञ्चशीलको २ नम्बर बुँदामा आन्तरिक मामिलामा अहस्तक्षेप नीति लिने, पञ्चशीलको सिद्धान्तले कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैैन, हरेक देशको आफ्नै सार्वभौमिता हुने भएकोले उनीहरु आफ्नो देशको शासन, पद्धति र निर्णय प्रक्रियामा स्वतन्त्र हुन्छन् । यसले देशको आन्तरिक मामिला अहस्तक्षेपको नीति अंगिकार गर्दछ’ भनेको छ ।’
उनले उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै प्रश्न गरे । उनले मन्त्रीले स्टन्टबाजी मात्रै गर्ने हो भन्दै प्रश्न पनि गरे । उनले विश्वकप हुँदा आफ्नो खेलाडीलाई भिसा नदिँदा चुप लागेर बस्ने परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय नचाहिँने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण