नेप्से १३.५१ अंकले बढ्यो, ४ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से १३.५१ अंकले बढेको छ । तीव्र उतारचढावका बिच आइतबार नेप्से सूचक १३.५१ अंकले बढ्दै २ हजार ८३.०४ विन्दुमा उक्लिएको हो ।
आइतबार 'क' वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.४५ अंकले बढ्दै ३७१.६५ विन्दुमा उक्लिएको छ ।
आइतबार कारोबार समेत ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ९६ लाख ९७ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आइतबार इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । इन्भेष्टमेन्ट समूहको उपसूचक ०.२३ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो र म्युचुअल फण्ड क्रमशः २.४० प्रतिशत र ०.०५ प्रतिशतले घटेका छन् ।
आइतबार मल्टिपर्पोज फाइनान्स कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण