मन्त्री श्रेष्ठको भिडियो सन्देश– विश्वकपलाई उत्सवका रूपमा मनाऔँ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टी–२० विश्वकप क्रिकेटलाई उत्सवका रूपमा मनाउन आग्रह गरेका छन् । आइतबार भिडियो सन्देश दिँदै मन्त्री श्रेष्ठले अमेरिका र वेस्टइण्डिजमा जारी विश्वकपलाई उत्सवका रूपमा मनाउन आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘सबैलाई म आह्वान गर्न चाहन्छु विश्वकपलाई उत्सवका रूपमा मनाऔँ । कतिपयले स्थानीय तहसँग, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा ठाउँ–ठाउँमा खेल पनि प्रदर्शन गर्दै हुनुहुन्छ । सव्य भव्य भएर यो पर्वलाई उत्साहजनक रूपले हामी मनाऔँ । आ–आफ्नो ठाउँबाट सक्ने सहयोग पनि गरौँ ।’
मन्त्री श्रेष्ठले खेलाडीहरूको साथमा पुरा नेपाली, सरकार रहेको बताए । उनले उच्च मनोबलका साथ विश्वकप खेल्न खेलाडीहरूलाई आग्रह गरेका छन् । उनले भने,‘तपाईँहरू उच्च मनोबलका साथ खेल्नुहोस् । उच्च प्रदर्शन गर्नुहोस् । नतिजा त्यसको आधारमा आउँछ । मानसिक दबाब, मनोवैज्ञानिक दबाब लिनुपर्दैन । तपाईंहरुलाई ३ करोड नेपालीले संसारबाट हेरिरहेका हुनेछन् । त्यसलाई सम्झिनुहोस् आफ्नो माटोलाई सम्झिनुहोस् ।’ मन्त्री श्रेष्ठले पछाडि बसेर ताली र प्रार्थना गरेर सारा नेपालीहरू खेलाडीको साथमा हुने उल्लेख गरेका छन् ।
नेपाली क्रिकेटलाई विश्वरंगमञ्चले प्रशंसा गरिरहेको भन्दै मन्त्री श्रेष्ठले विश्वकपले नेपालीलाई एक ठाउँमा ल्याएको बताए । नेपालको खेल जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण