छिपछिपे सहकारी प्रकरण : राप्रपाकी सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । छिपछिपे सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरूद्ध मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम अपचलन मुद्दामा उनीहरुविरुद्ध हदैसम्मको कैद, बिगो र जरिवाना गर्न अभियोगपत्रमा माग गरिएको छ । मुद्दा दायर भएपछि केही पक्राउ परेका छन् र सांसद बस्नेतसहित बाँकी २५ जना फरार छन् ।
पक्राउ पर्नेहरूमा ३६ वर्षीय योगेन्द्र पाण्डे, ३४ वर्षीय शिवलाल लामिछाने, ५० वर्षीय नगेन्द्रबहादुर रिमाल, ४८ वर्षीय ढुण्डिराज गौतम, ३८ वर्षीय कृष्णप्रसाद ज्ञवाली, सञ्जिव कुमार महतो, ३४ वर्षीय विकास सापकोटा, ३७ वर्षीय तिर्थराज पैनी, ३१ वर्षीया सुनिताकुमारी न्यौपाने र ४६ वर्षीय गोपिकृष्ण शर्मा छन् ।
उनीहरूविरूद्ध १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको देखाउने तर रकम आफूले खर्च गरे जसरी झुटा विवरण तयार गरी रकम हिनामिना गरेको आरोप अभियोगपत्रमा लगाएका छन् ।
सांसद गीता बस्नेतमाथि सहकारीको करिब ९६ लाख रुपैयाँ कृष्णसार रिसोर्ट प्रालिको नाममा दाखिला गराएर हिनामिना गराएको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै उनले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।
उनीविरूद्ध प्रतिवादीहरू ढुण्डिराज गौतम, योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, सञ्जिव कुमार महतो लगायतले बयान गरेका थिए ।
अभियोगपत्रमा बस्नेतलाई सहकारी ऐन, २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेकाले सोही अनुसार कैद हुनुपर्ने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण