युट्युबमाथि काउन्सिलको खबरदारी
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन्। मिथ्या सामग्रीलाई गोलमटोल रूपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामै धक्का लागेकोतर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो ।
युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आइतबार आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले झारा टार्ने ढङ्गले कसैले पनि पत्रकारिता गर्न नहुने सुझाए। 'मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधमिल्याऔँ। माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । त्यसका लागि विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ । अरूलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छ' अध्यक्ष बस्नेतको भनाइ थियो ।
उनले अहिले युट्युबका कतिपय माध्यममा झारा टार्ने प्रवृत्ति देखिएको र त्यसले पत्रकारिताको पेसागत मूल्यमान्यतामाथि प्रश्न उठाउने काम गरेको बताए । अहिलेको पत्रकारिता गाली बेइज्जती केन्द्रित भएकोमा चिन्तासमेत व्यक्त गर्दै उहाँले स्वस्थ र विवादरहित पत्रकारिता गरियो भने मात्र पेसागत मर्यादा कायम रहने बताए ।
युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो हुन सके युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युब सञ्चालकलाई उनको अनुरोध थियो । प्रेस काउन्सिल नेपालले युट्युबमार्फत सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आइतबार भएको चौथो शृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा. भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण