दलित आवास निर्माण गर्ने नाममा ठगी गर्ने ६ जना पक्राउ
आइतबार, २० जेठ २०८१, २२ : ४०
रौतहट। रौतहटमा दलित तथा गरिबलाई आवास बनाउने नाममा लाखौँ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय माधवनारायण नगरपालिका ८ रजावाडा गाउँका सर्वसाधारणलाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा माधवनारायण ७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ का प्रकाश माझी, गरुडा नगरपालिका ६ का ४० वर्षीय राकेश महरा, ९ का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षीय रामकली देवी र वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा, रहेको जिल्ला प्रहरी प्रवक्ता डीएपी एलिजा गिरीले बताएकी छन्।
उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
-
भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण