प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती शुरु गरौँः सांसद यादव
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका हुन् । उनले सांसदहरुको अग्रसरतामा प्रत्येक निर्वाचन क्षेत्रमा १० बिगाहामा सामुहिक खेती गर्न सकेमा यसले किसानहरुलाई पनि चेतना दिने बताए । उनले जनताको प्रत्येक खेतमा सिचाइँको व्यवस्था भएमा जनताको हातमा काम हुने र देशलाई समृद्धिको बाटोमा हिँडाउन सकिने बताए ।
उनले भने, ‘यो बजेटमा नेपाली जनतालाई प्रत्येक खेतमा सिंचाईको व्यवस्था भइदियो भने सम्पूर्ण नेपाली जनताको हातमा काम हुन्छ । यसले मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउँछ । सबै सांसद आफ्नो निर्वाचन क्षेत्रमा पहाड र तराई, मधेश एउटा–एउटा आफ्नो निर्वाचन क्षेत्रमा १० बिघाहामा सामुहिक खेतीको विकास गर्नसक्यौँ भने यसले सबैलाई चेतना दिन्छ ।’
सांसद यादवले रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण