भुवन केसी र साउथ अभिनेत्री साई पल्लवीबिच भेटवार्ता
सोमबार, २१ जेठ २०८१, १४ : २०

काठमाडौंँ । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी र साउथ फिल्मकी अभिनेत्री साई पल्लवी बिच भेटवार्ता भएको छ ।
दुबैको भेट मम्बईमा आयोजित एक अवार्ड समारोहमा भएको हो । भेटको जानकारी भुवनले सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै जानकारी दिएका छन् ।
भेटपछि भुवन र पल्लबीले केही समय मुम्बईको एक रेष्टुरेण्टमा बिताएका थिए । भेटका क्रममा उनीहरुबीच नेपाली फिल्म क्षेत्र र साउथ फिल्म नगरीकाको बिषयमा कुराकानी भएको बताइन्छ ।
साई पल्लवीले नेपाली फिल्म हेर्ने इच्छा समेत राखेको भुवनले बताए । उनी केही महिनापछि नेपाल आउने केसीको भनाइ छ ।
पल्लवीले भुवनसँगको भेटमा नेपालको सौन्दर्यताको चर्चा समेत गरेकी थिइन् । साई पल्लबी साउथकी लोकप्रिय अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु