आठ खर्बको हिसाब देखाउँदै धनराजले भने- सौराहालाई ‘हनिमुन सिटी’ बनाऔँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।
उनले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने बताए । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुन सिप बनाउनुपर्ने पनि गुरुङको भनाइ छ । रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने भन्दै उनले यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए । उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउन नहुनेमा जोड समेत गरे
‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो, बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऔँ’, गुरुङको प्रस्ताव छ ।
उनले हनिमुन हब बनाए विवाहित जोडीहरू त्यहाँ जाने हात्ती चढ्ने र घुम्ने बताए । ‘त्यसैले हनिमुन सिटी, रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुन सीप बनाइदिऔँ । १ हजार जोडी अट्ने सिप बनाइदिऔँ । हनिमुन सीपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नै पर्छ । नो नट अगेन भ्यु टावर । डाँडामा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ’, गुरुङको भनाइ छ ।
पूर्व कानुन मन्त्री समेत रहेका गुरुङले गाँजाबाट औषधीजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्न सके वार्षिक २ खर्ब राजश्व उठ्ने पनि बताए । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरेर २ खर्ब रुपैयाँ, जडीबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैर कानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने हिसाब उनले पेश गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण