फेरि विवादमा फसे डोनाल्ड ट्रम्प
वाशिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विवादका पर्याय नै हुन् । दिनहुँ कुनै न कुनै विवादमा उनी फसिरहेका हुन्छन् ।
यतिबेला उनी सन् २०१६ को राष्ट्रपति निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई जेलमा राख्नु पर्छ भनेर दिएको अभिव्यक्तिका कारण विवादमा छन् । हालै एक अन्तरवार्तामा आफूले त्यस्तो केही नबोलेको दाबी ट्रम्पले गरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार २०१६ को चुनावमा ट्रम्पले बारम्बार क्लिन्टनलाई जेलमा हाल्न माग गरेका थिए ।
हालै हश मनी र कारोबार रकममा हेरफेर गरेको मुद्दाका सबै ३४ ओटै आरोपमा ट्रम्प दोषी भेटिएका थिए । यस मामिलामा जुलाई ११ मा ट्रम्पलाई सजाय सुनाइँदैछ । यस पटक उनलाई जेल सजाय पनि हुन सक्छ । आफैँ जेल पर्ने हो कि भन्ने स्थितिमा यतिबेला ट्रम्पको पुराना अभिव्यक्ति विवादित बनेको छ । सन् २०१६ मा राष्ट्रपतिको चुनावी अभियानका क्रममा ट्रम्पले हिलारीलाई जेलमा हाल्नु पर्छ भन्ने नारा लगाएका थिए । चुनावी अभियानमा एक पटक होइन, बारम्बार उनले यो कुरा दोहोर्याएका थिए । यसअघि उनले हिलारीलाई कैयौँ पटक जेल पठाउन आग्रह गरेको स्वीकार गरेका पनि थिए । तर आफू राष्ट्रपति भएपछि उनले यस्तो गरेनन् ।
अन्तरवार्तामा पत्रकारले उनलाई हिलारीलाई जेल हाल्ने कुरा गरेको तर राष्ट्रपति बनेपछि त हाल्नु भएन नि भनेर सोधेका थिए । यसको जवाफमा उनले आफूले हिलारीलाई जेल हाल्ने कुरा नगरेको तर मानिसहरू सबैले भनिरहेका बताए । चुनावी अभियानमा आफूले उनलाई हराएपछि ल सब ठिक भयो, अब यो कुरालाई छाडेर देशलाई महान् बनाउनतिर लागौँ भन्नेतिर लागेको उनको भनाइ छ । आफूले चाहेको भए हिलारीलाई थुन्न सक्ने भएपनि यो भयानक हुने महसुस गरेको अनि अहिले आफैँ जेल पर्ने स्थितिमा उभिँदा यसबारे फरक महसुस गरेको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण