रतुवा खोलाले जिप बगाउँदा बच्चा र महिलाको मृत्यु
४ जना घाइतेको उपचार हुँदै
सोमबार, २१ जेठ २०८१, २० : ३२
विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा र एक महिला रहेको प्रहरीले जनाएको हाे ।
इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा ६ जना सवार थिए । प्रहरीले जिप खोलाले बगाएको अवस्थामा फेला परेपनि निकाल्न भने प्रयास गरिरहेको जनाएको छ । मृतक र घाइतेको पहिचान अझै हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण