स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिएका छन् ।
विभागका महानिर्देशक नारायण ढकालले जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको बताए । विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री यादवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी आज नै स्वास्थ्यमन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयसँग छलफल गरे ।
अवलोकनका क्रममा मन्त्री यादवले विस्तारित अस्पतालको स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिए । त्यस्तै त्यहाँ हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा पनि अन्य आवश्यक सुविधा थप्दै सेवाको गुणस्तरलाई बढाउँदै निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण