राष्ट्रियसभा बैठक : अर्थमन्त्री पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
मङ्गलबार, २२ जेठ २०८१, ०८ : २६
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ ।
बैठकमा आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण