फारुकीको ‘फाइफर’, युगान्डामाथि अफगानिस्तानको शानदार जित
गुयाना । टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ । मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी बनेको हो ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि कुनै पनि ब्याटरले ठुलो योगदान दिन सकेनन् । रोबिनसन ओबुयाले २५ बलमा १४ रन जोडे भने रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युगान्डाको इनिङ्स ध्वस्त बनाउन फजहलहक फारुकीले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए ।

नवीन उल हक र रासिद खानले २–२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।
यसअघि अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे ।
गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए ।
अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछि भने युगान्डाका बलरहरूले कमब्याक गरे । मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउन बाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् ।
२ सय रनभन्दा माथि बनाउन अग्रसर देखिएको अफगानिस्तान १ सय ८३ रनमा रोकियो । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २–२ विकेट लिए भने अल्पेस रामजानीले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण