सेयर बजार ६.२२ अंकले बढ्यो
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको हो ।
मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो ।
यसक्रममा ग्लोबल आईएमई वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ५.५१ प्रतिशतले घट्यो । मंगलबार तीन समूहको सूचक भने घटेको छ । कारोबार भएका १३ मध्ये जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेका हुन् ।
यसबाहेक बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने बढेका छन् । यीमध्ये व्यापार समूह सबैभन्दा बढी ७९ अंक, लघुवित्त समूह ६६ अंक र उत्पादनमूलक समूह ५२ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण