प्रभाव पार्न सक्ने खेलाडी : माइकल लेभिट (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका प्रभावशाली ब्याट्सम्यान हुन्, माइकल लेभिट । उनले यसअघि टी–२० विश्वकप खेलेका थिएनन् । टी–२० विश्वकपको नवौँ संस्करणमा खेलिने नेपाल र नेदरल्यान्ड्सबिचको खेल नै उनको ‘डेब्यू’ खेल हुनेछ ।
माइकल लेभिट पछिल्लो एक वर्षको अवधिमा नेदरल्यान्ड्सका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले नेदरल्यान्ड्सका लागि पछिल्लो एक वर्षको अवधिमा नौ खेल खेल्दै कुल तीन सय ४९ रन बनाएका छन् ।
२१औँ वर्ष प्रवेशको सँघारमा रहेका माइकल लेभिटसँग धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव पनि छैन । यद्दपि, उनले देशका लागि टी–२० र एकदिवसीय गरी दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको चार पालीमा कुल ९६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ५७ रन हो । यो ढाँचाको क्रिकेटमा उनको स्ट्राइक रेट ७८.६८ रहेको छ ।
यसैगरी उनले देशका लागि नोवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको आठ पालीमा कुल तीन सय ४९ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट १५६.५० रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ३५ रन हो । उनले दुईवटा अर्धशतक पनि बनाएका छन् ।
यसका अतिरिक्त उनी दायाँ हाते तीव्र गतिका बलर पनि हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिन नसके पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने दुई विकेट हात पारेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै वर्ष ‘डेब्यू’ गरेका हुन् ।
सन् २०२४ को फेब्रुअरी २८ तारिखमा नेपालविरुद्ध खेल्दै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपालविरुद्ध कीर्तिपुर मैदानमा खेल्दै ‘डेब्यू’ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण