सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति कार्यक्रम टेबुल
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही जेठ २० गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रति आज मुख्यमन्त्री दीर्घबहादुर सोडारीले टेबुल गरेका हुन् ।
बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।
यसैगरी बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा विषयगत समितिअन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा रामेश्वर चौधरी, इन्दिरा गिरी र दमनबहादुर भण्डारी, सार्वजनिक लेखा समिति सदस्यमा लक्ष्मणकिशोर चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्यमा घनश्याम चौधरी र नरेशकुमार शाही, सामाजिक विकास समिति सदस्यमा खुशीराम डगौराथारुलाई मनोनयन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण