आईसीसी टी–२० विश्वकप : आज भारत र आयरल्याण्डबिच प्रतिस्पर्धा
काठमाडौँ । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबिचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
यही मैदानमा भारत र पाकिस्तानबिचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थ मजबुत पारिएको जनाइएको छ ।
टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।नासा उको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सीमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ ।
तर, भारत र आयरल्याण्डबिचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रुपमा लिने प्रयास गर्नेछैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ । यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण