वातावरणलाई सन्तुलनमा राख्नु हामी सबैको दायित्व : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए ।
विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा वातावरण संरक्षणमा कोशी प्रदेश सचेत रहेको उल्लेख छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामलाई प्रभावकारी रुपमा अघि बढाइरहेको भन्दै उनले वन ऐन, वातावरण ऐन तथा नियमावालीहरु निर्माण भई कार्यान्वयनमा आइ सकेको समेत जानकारी दिए ।
उनले आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान र जलवायु अनुकूलनमा आधारित विकासजस्ता योजना तथा कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । मुख्यमन्त्री कार्कीको सन्देशमा नेपालले पछिल्लो समय मरुभूमिकरणको समेत सामना गर्नु परिरहेको छ भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवधनमा थप जिम्मेवार बनाउने विश्वास उनले व्यक्त गरेका छन् । वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘ वातावरण संरक्षणको महत्त्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उनले आह्वान गरेका छन् । ,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठुलो योगदान पुर्याउन सक्छ,’ सन्देशमा उल्लेख छ । कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको आग्रह छ । यो वर्ष हाम्रो भूमि हाम्रो भबिश्य भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण