टी–२० विश्वकप : भारत र वेस्ट इन्डिजको नाममा लेखिएको यो कीर्तिमान
काठमाडाैँ । हालसम्म टी–२० विश्वकपको आठ वटा संस्करण मात्र सम्पन्न भएका छन्हा, भने ६ वटा राष्ट्रले मात्र उपाधि चुमेका छन् । टी–२० विश्वकपको हालसम्म सम्पन्न फाइनल खेलमा दुई पटक मात्र पहिले ब्याटिङ गर्ने टोलीले उपाधि जितेका छन् । ती राष्ट्र भारत र वेस्ट इन्डिज हुन् ।
सन् २००७ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । त्यसपछि सन् २०१२ मा सम्पन्न चौथो संस्करणको फाइनलमा वेस्ट इन्डिजले श्रीलङ्कालाई ३६ रनले हराएको थियो ।
यसदेखि बाहेक अन्य संस्करणको फाइनलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलङ्कालाई आठ विकेटले र सन् २०१० को फाइनलमा इङ्गल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।
यसैगरी सन् २०१४ को फाइनलमा श्रीलङ्काले भारतलाई ६ विकेटले, सन् २०१६ को फाइनलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले, सन् २०२१ को फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले र सन् २०२२ को फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण