५.५८ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?
काठमाडौँ । बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको हो ।
यस्तै बुधबार 'क' वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.४१ अंकले घट्दै ३७१.६१ विन्दुमा झरेको छ । बुधबार फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स र म्युचुअल फण्डको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तर बुधबार इन्भेष्टमेन्ट समूहको उपसूचक भने स्थिर रहेको छ ।
म्युचुअल फण्ड समूहको उपसूचक बुधबार सबैभन्दा बढी ४.९२ प्रतिशतले बढ्दा माइक्रो फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ ।
बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार भगवती हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.५१ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण