लोकसभा चुनावमा कम सिट आएपछि के भन्छन् मोदी ?
नयाँ दिल्ली । यति बेला भारतमा कसको सरकार बन्छ भन्नेबारे सस्पेन्स छ । भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याएपछि सरकार गठनमा दललाई नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनको सहारा चाहिएको छ ।
यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक चुनावमा कम सिट आएको विषयमा बयान दिएका छन् । अघिल्लो लोकसभा चुनावको तुलनामा यस पटक भाजपा र एनडीए गठबन्धन दुवैको सिट सङ्ख्या घटेको छ । यस विषयमा उनले पहिलो पटक प्रतिक्रिया दिएका छन् । स्रोतका अनुसार पीएम मोदीले जित र हार राजनीतिको हिस्सा भएको बताएका छन् । यो सब अंकको खेल भएको र यो चलिरहने भन्दै उनले देश र समाजको लागि काम गरिरहने भनेका छन् ।
सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्का सहकर्मीहरूसँग छलफल गरेका थिए । १० वर्षदेखि राम्रो काम भएको र यसलाई अगाडि बढाइने आश्वासन पनि उनले दिए ।
‘राजनीतिमा उतारचढाव त आइरहन्छ, हाम्रो सरकारले धेरै राम्रो काम गरेको छ । अर्थतन्त्रलाई अगाडि बढाउने काम गरेको छ । भविष्यमा पनि अझ राम्रो गर्नेछ,’ मन्त्रिपरिषद् बैठकमा मोदीले भनेका छन् । स्रोतका अनुसार यस अवसरमा प्रधानमन्त्रीले विपक्षी दलको पनि आलोचना गरेका थिए । उनले भने, ‘हामीले जितेका छौँ तर अरु उफ्रिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण