मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ७ वर्षपछि ढल्यो जसपाको सरकार
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो ।
योसँगै मधेसमा जसपा ७ वर्षपछि सत्ताविहीन भएको छ । सङ्घीयतापछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए । तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो ।
बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त सङ्ख्या कूल सङ्ख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत गरेका थिए । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।
मुख्यमन्त्री यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिएका हुन् ।
अब केन्द्रीय सत्ता समीकरण अनुसार मधेसमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने तयारी छ । जसलाई नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण