मन्त्री यादवद्वारा स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर
बुधबार, २३ जेठ २०८१, २१ : ३९
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेकाे उनको स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए ।
आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदीप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण