टी–२० विश्वकप : पपुवा न्युगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ । समूह सीमा रहेका यी दुवै टिम पहिलो जितको खोजीमा छन् ।
टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनायो ।
पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५ रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।
युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण