बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एक्समा ‘वयस्क कन्टेन्ट’ अपलोडको अनुमति

बिहीबार, २४ जेठ २०८१, १७ : ०४
बिहीबार, २४ जेठ २०८१

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्सले आफ्नो कन्टेन्ट नीति अपडेट गरेका छन् । मस्कले प्रयोगकर्ताहरूलाई यो प्लेटफर्ममा ‘वयस्क कन्टेन्ट’ पोस्ट गर्ने अनुमति दिएका छन् ।

 मस्कले इन्ष्टाग्राममाथि नग्नता प्रवर्द्धन गरेको आरोप लगाइरहन्थे । तर अहिले आएर उनले आफ्नो सामाजिक सञ्जाल एक्समा भने एडल्ट कन्टेन्ट हाल्ने मन्जुरी दिएका छन् । यस्ता कन्टेन्ट कसको वालमा आउँछ र कसकोमा आउँदैन भनेर कम्पनीले गाइडलाइन पनि जारी गरेको छ ।

के हो एक्सको नयाँ नीति ?

एक्समा यस अघि नै पोर्न सामाग्रीहरू शेयर गर्ने कयौँ एकाउन्ट थिए । यस्ता एकाउन्टलाई नट सेफ फर वर्क भनिन्थ्यो । एक्समा पहिला नै यस्ता सामाग्री शेयर गर्ने एकाउन्ट भएकोले नीति परिवर्तनले धेरैलाई अचम्मित बनाएको छैन । ‘युजरहरूले तबसम्म सेक्सुअल थिममा कन्टेन्ट बनाएर बाँड्न र खपत गर्न सक्नेछन्, जबसम्म ती कन्टेन्टलाई सर्वसम्मतिले बनाएर वितरण गरिन्छ भन्ने हाम्रो मान्यता छ,’ वयस्क कन्टेन्ट नीतिमा कम्पनीले भनेको छ । 

कम उमेरका युजरलाई यस्ता पोस्टबाट बचाउने एक्सको भनाइ छ । यस्तो खालको कन्टेन्टको पहुँच बच्चा वा यी सामाग्री हेर्न नचाहने मान्छेसम्म नपुग्ने बताइएको छ ।

 रेगुलर एडल्ट कन्टेन्ट हाल्नेहरूले आफ्नो पोस्टको संवेदनशीलता मार्क गर्नु पर्ने बताइएको छ । आफ्नो उमेर भेरिफाई नगरेकाहरूले पनि यस्ता कन्टेन्टमा पहुँच नपाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप