एक्समा ‘वयस्क कन्टेन्ट’ अपलोडको अनुमति
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्सले आफ्नो कन्टेन्ट नीति अपडेट गरेका छन् । मस्कले प्रयोगकर्ताहरूलाई यो प्लेटफर्ममा ‘वयस्क कन्टेन्ट’ पोस्ट गर्ने अनुमति दिएका छन् ।
मस्कले इन्ष्टाग्राममाथि नग्नता प्रवर्द्धन गरेको आरोप लगाइरहन्थे । तर अहिले आएर उनले आफ्नो सामाजिक सञ्जाल एक्समा भने एडल्ट कन्टेन्ट हाल्ने मन्जुरी दिएका छन् । यस्ता कन्टेन्ट कसको वालमा आउँछ र कसकोमा आउँदैन भनेर कम्पनीले गाइडलाइन पनि जारी गरेको छ ।
के हो एक्सको नयाँ नीति ?
एक्समा यस अघि नै पोर्न सामाग्रीहरू शेयर गर्ने कयौँ एकाउन्ट थिए । यस्ता एकाउन्टलाई नट सेफ फर वर्क भनिन्थ्यो । एक्समा पहिला नै यस्ता सामाग्री शेयर गर्ने एकाउन्ट भएकोले नीति परिवर्तनले धेरैलाई अचम्मित बनाएको छैन । ‘युजरहरूले तबसम्म सेक्सुअल थिममा कन्टेन्ट बनाएर बाँड्न र खपत गर्न सक्नेछन्, जबसम्म ती कन्टेन्टलाई सर्वसम्मतिले बनाएर वितरण गरिन्छ भन्ने हाम्रो मान्यता छ,’ वयस्क कन्टेन्ट नीतिमा कम्पनीले भनेको छ ।
कम उमेरका युजरलाई यस्ता पोस्टबाट बचाउने एक्सको भनाइ छ । यस्तो खालको कन्टेन्टको पहुँच बच्चा वा यी सामाग्री हेर्न नचाहने मान्छेसम्म नपुग्ने बताइएको छ ।
रेगुलर एडल्ट कन्टेन्ट हाल्नेहरूले आफ्नो पोस्टको संवेदनशीलता मार्क गर्नु पर्ने बताइएको छ । आफ्नो उमेर भेरिफाई नगरेकाहरूले पनि यस्ता कन्टेन्टमा पहुँच नपाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण