राजन सुवेदी र सिन्दिरा जोशी नेपाल च्याम्पियन
काठमाडौँ । झापाका खेलाडी राजन सुवेदी २४औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको नयाँ च्याम्पियन बनेका छन् । उनी ११औँ चरणको खेलमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै आठ अंकसहित नयाँ विजेता बनेका हुन् ।
शीर्ष १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप–२०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा जित हात पार्दै राजनले सर्वाधिक आठ अंक बनाएका हुन् । उनले १९२३ रेटेड प्रेमकृष्णविरुद्ध एक अंक हात पारी सात जित, दुई बराबरी र दुई हारको नतिजा आत्मसात गरे ।
३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बर ९ देखि २३ तारिखसम्म हंगेरीको बुढापेष्टमा हुने ४५औँ चेस ओलम्पियाडका लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् । झापाकै शुश्रुत दाहलले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंक बनाएर दोश्रो स्थान हासिल गरे ।
टाइब्रेकका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । शुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा तय गरेका छन् । शुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरेका थिए । क्षितिजले भने दोलखाका राजिव कार्कीलाई हराएका थिए ।
यसैगरी नवौँ महिला राष्ट्रिय बुद्धिचालतर्फको अन्तिम खेलमा कृतिसारा अधिकारीसँग पराजित भए पनि नौ अंकसहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन बन्न सफल भइन् । सिन्दिरले ११ औँ चरणको खेलमध्ये आठ खेलमा सफलता हात पारिन् भने दुई खेलमा हार ब्यहोरिन् ।
यसैगरी झापाका कृतिसारा अधिकारी ८.५ अंक जोड्दै उपविजेता बन्न सफल भइन् । उनले अन्तिम खेल आफ्नो पोल्टोमा पार्दै ओलम्पियाडको टिकटमा दाबि गरेकी हुन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल पस्केकी कास्कीका पूजा भण्डारी आठ अंक प्राप्त गर्दै तेस्रो भइन् ।
उनीसँगै आठ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा उभिन सफल भइन् । ओलम्पियाडका लागि छनोट हुने क्रममा शान्ति पनि यो यात्रामा सहभागी भइन् । नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार, हंगेरीको बुढापेष्टमा हुने प्रतियोगिताका लागि पुरुषतर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनोट भए । महिलातर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनोट भए ।
लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार, प्रतियोगिताका लागि आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रालि कीर्तिपुर्, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल टेलिकम र रुक्मिणी टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण