बिचौलियाले पारेको योजनाको प्रमाण ल्याउनुस् कारबाही गर्छु : मुख्यमन्त्री सोडारी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे बिचौलियालाई कारबाही गर्न तयार रहेको बताएका छन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् । उनले भने, ‘कहिकतै बिचौलियाले योजना पारिहालेको प्रमाणसहित ल्याइराख्नुस् त्यसलाई त्यही ढंगको कारबाहीको लागि हामी तयार छौँ ।’
बजेट निर्माणको क्रममा योजना पार्न बिचौलियाहरू सक्रिय भएको भन्दै प्रतिपक्ष दल र सत्तारुढ दल एमालेले टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री सोडारीले सो कुरा स्पष्ट पारेका हुन् ।
यसैबिच मुख्यमन्त्री सोडारीले नीति तथा कार्यक्रममा छुटेका विषयवस्तुलाई आफूले बजेटमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सभामा राजनीतिक घटनाक्रमका कारण अझै पनि खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण