फोटोफिचर
निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पैदलयात्रा (तस्बिरहरू)
शुक्रबार, २५ जेठ २०८१, १२ : ०९
काठमाडौँ । एकल महिला निर्मला कुर्मीको अपहरण र हत्याको मामिलामा दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्तले शुक्रबार पनि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानीको कलंकीदेखि माइतीघरसम्म पैदलयात्रा गरी विरोध प्रदर्शन गरेका हुन् ।
निर्मलाका आफन्तले २०७८ सालदेखि उनको अपहरणपछि हत्या भएको दाबी गर्दै न्यायको मागसहित प्रदर्शन गर्दै आएका छन् । राष्ट्रिय महिला अभियान मञ्चसहितको आयोजना भएको सो पैदलयात्रामा ‘जेल भरौं अभियान’ लगायतका नारा लेखिएको ब्यानरहरु प्रदर्शन गरिएका थिए ।