बालेन र सुमनाबारे ओलीको प्रस्टोक्ति : झिँगा दङ्ग हुन्छ, अनावश्यक जोड्नु व्यर्थ छ
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले कसैसँग पनि अनावश्यक विवादमा गर्न नचाहेको बताए ।
‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो ? त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ, म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा छु ।’
मेयर बालेनले केही दिनअघि गिरीबन्धु प्रकरणको घोटालामा ओली संलग्न रहेको भन्दै लेखेका थिए । त्यस्तै ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण पनि दिएका छन् ।
‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढङ्गले जोड्नु व्यर्थ छ’, ओलीको भनाइ छ ।
केहीदिन पहिला अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भनेर शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले प्रतिवाद गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण