विकासमा राजनीति हुनुहुँदैन : सभापति बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले विकासमा राजनीति हुनु नहुने बताएका छन् । विकासमा एकता राजनीतिमा अनेकता अहिलेको आवश्यकता रहेको उनले औँल्याए ।
मकवानपुरको मनहरि गाउँपालिकामा ३ वटा नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै सभापति बानियाँले राजनीतिमा अनेक किसिमका विचारहरू रहनु स्वाभाविक प्रक्रिया भएको औँल्याए । उनका अनुसार विकासमा एकता अनिवार्य हुनुपर्छ । अहिले हामी भित्र राजनीतिसँगै विकासमा समेत एकता हुन नसकेको उनको भनाई छ ।
मनहरिको विकासले सार्थकताको अवस्थामा पाउँदै गरेको उनले बताए । ५ वटा पुल सम्पन्न हुने चरणमा रहेको र निकट भविष्यमा पूर्वाधार विकासमा लगानी बढाएर नागरिकहरूको सहजताका लागि पक्की सडक निर्माण गरेर अघि बढ्नु पर्ने सभापति बानियाँले बताए । सभापति बानियाँले रणनीतिक रूपमा महत्त्वपूर्ण र दीर्घकालीन फाइदा पुग्ने बताए । गाउँपालिकाले सो पुल निर्माणको योजना छनौट गरेर दीर्घकालीन सोसहित अघि बढेको उनको भनाई छ ।
मनहरि गाउँपालिकाले आफ्नै स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गर्ने चरणमा रहेको छ । पालिकाले आफ्नो आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ३ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ भने २ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।
गाउँपालिकाको २० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो । रणनीतिक योजनाको रूपमा विभिन्न वडाहरू जोड्न उक्त पुलहरू निर्माण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन काला खेतीले जानकारी दिए । सो स्थानमा पक्की पुल नहुँदा साबिकको हाडीखोला गाविसका स्थानीयहरू समस्या भोग्दै आएका थिए । पक्की पुल नहुँदा सो क्षेत्रका अधिकांश गाउँहरू वर्षयाममा हेटौँडासँग सम्पर्क विहीन हुने गरेको अध्यक्ष काला खेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण