जसपापछि दोस्रो तारो हामी बन्यौँ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।
आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको दाबी गरेका हुन् ।
उनले एउटा अध्यादेश ल्याएर जसपापछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्याएर सिध्याउन खोजिएको दाबी गरे ।
‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौँ भने हाम्रो गफले मात्र केही हुनेवाला छैन,’ उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण