जनताले सशक्त प्रतिपक्ष चुनेको छ, यो लोकतन्त्रका लागि स्वस्थ सङ्केत : रजनीकान्त
नयाँ दिल्ली । नरेन्द्र मोदीले आइतबार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा शाहरुख खान, अनुपम खेर, अक्षय कुमार, राजकुमार हिरानी पनि सहभागी थिए । थलाइवा रजनीकान्त पनि समारोहमा सहभागी भए ।
रजनीकान्त आइतबार बिहान चेन्नईबाट दिल्ली प्रस्थान गरेका थिए । जवाहरलाल नेहरू पछि नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने कुरामा चेन्नई एयरपोर्टमा रजनीकान्तलाई के भन्नुहुन्छ भनेर सोधिएको थियो।
यसबारे रजनीकान्तले भने, ‘यो ऐतिहासिक क्षण हो । नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु।’ रजनीकान्तले यस लोकसभा चुनावमा जनताले उनीविरुद्ध सशक्त प्रतिपक्षलाई चुनेको र यो लोकतन्त्रका लागि स्वस्थ सङ्केत भएको बताए ।
रजनीकान्त हालै आध्यात्मिक यात्रामा निस्किएका थिए । त्यतिबेला पनि चेन्नई एयरपोर्टमा जब उनलाई चुनाव र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित प्रश्न सोधिएको थियो । तर उनले जवाफ दिन अस्वीकार गरेका थिए ।
रजनीकान्त चाँडै नै फिल्म ‘वेट्टैयन’मा देखिनेछन् । जनवरीमा सुरु भएको फिल्मको छायाङ्कन यो मे १४ मा सकिएको थियो ।
यो तमिल फिल्ममा रजनीकान्तसँगै अमिताभ बच्चन, फहद फाजिल, राणा दग्गुबाती पनि देखिनेछन् । फिल्म अक्टोबर २०२४ मा रिलिज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण