युनाइटेड मोदी हाइड्रोपावरले १ः१ मा हकप्रद जारी गर्ने, साधारण सभाले गर्यो पारित
काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावरको १०औँ वार्षिक साधारण सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीलाई विद्युत् नियमन आयोगले २०८० साल माघ २२ गते ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानीको सहमति दिएको थियो । यसैका लागि हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख छ । सोही बमोजिमको सेयर सङ्ख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबरका दरले १ः१ हकप्रद जारी गर्न लागेको कम्पनीले जनाएको छ । यही हकप्रदको निर्णय साधारणसभाले पारित गरेको हो ।
त्यसैगरी साधारण सभाबाट नवीन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । यस्तै आर्थिक वर्ष २०७९÷०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने निर्णय समेत सभाले गरेको छ ।
कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गर्यो ।
साथै लेखापरिक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण