बिहे गर्दैछिन् सोनाक्षी सिन्हा ?
नयाँ दिल्ली । बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । एक पछि अर्को गर्दै धमाधम जोडीहरू बिहे बन्धनमा बाँधिरहेका छन् ।
यस्तोमा सोनाक्षी सिन्हाले पनि छिट्टै बिहे गर्न लागेको हल्ला चलिरहेको छ । अभिनेत्रीले लामो समयदेखि जहीर इकबाललाई डेट गरिरहेकी छिन् । यसैबिच सोनाक्षी र इकबालले बिहे गर्न लागेको खबर बाहिर आएको छ ।
मिडिया रिपोर्टका अनुसार सोनाक्षी सिन्हाले यस वर्षको जुनमा इकबालसँग बिहे गर्दैछिन् । दुवैले आफ्नो सम्बन्धलाई अर्को मोडमा लैजान तयार छन् । अभिनेत्रीले इकबालसँग मुम्बईमा जुन २३ मा धुमधामको साथमा विवाह गर्न लागेका बताइएको छ ।
बिहेको खबरले नायिकाका अभिनेत्रीका फ्यानहरु खुसी छन् । तर, हुने वाला बेहुला र बेहुली दुवैले बिहेको खबर अहिलेसम्म पुष्टि गरेका छैनन् । दुवैको परिवारले पनि विवाहबारे कुनै जानकारी दिएका छैनन् । रिपोर्टका अनुसार दुवै परिवारको सहमतिमा सोनाक्षी र जहीरले बिहे गर्दैछन् ।
दुबैको वैवाहिक समारोह शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियनमा हुने बताइएको छ । विवाहमा सोनाक्षीको परिवार र नजिकका साथीहरू सहभागी हुनेछन् । उनीहरूको विवाहको कार्ड पनि छापिइसकेको बताइएको छ । रिपोर्टका अनुसार विवाहको कार्ड पत्रिकाको कभर जस्तै छ । उनीहरूको बिहेमा को–को स्टारलाई बोलाइएको छ भन्ने पनि स्पष्ट भई नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण